काठमाडौँ । मङ्गलवार शेयर बजार सामान्य अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.९८ अंकले वृद्धि भएर २६०१.८४ को बिन्दु कायम भएको हो ।
आज कारोबार भएका ३१६ वटा कम्पनीहरूको एक करोड ३८ लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री भएर पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ्ग, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स लगायतका इन्डेक्सहरुमा हरियाली छाएको छ । यसदिन कारोबार भएका १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटाको शेयर मूल्य घटेको छ।
शेयर बजार बढेसँगै आज ओम मेगाश्री फर्मास्युटीकल्सको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। कम्पनीको आज ८.०१ प्रतिशत अर्थात् एक सय दुई रुपैयाँले मूल्य वृद्धि भएको छ ।
साथै, हिमालयन पावरको ७.८७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ५.९७ प्रतिशत र पियोर इनर्जीको ५.८४ प्रतिशतले शेयर मूल्य वृद्धि भएको हो ।

































