National life

नेप्सेमा दोहोरो अंकको वृद्धि : सबै उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
699Shares
नेप्सेमा दोहोरो अंकको वृद्धि : सबै उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साताको दोस्रो कारोबारका दिन दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से २१.७६ अकंले बढेर २८५२ बिन्दुमा कायम भएको छ ।

सोमबार ३११ कम्पनीको ३ करोड ५६ लाख कित्ता शेयर कारोबार हुँदा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाको कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
कारोबार भएका कम्पनीमा सबै भन्दाबढी थ्रिस्टर हाईड्रोपावरका लगानी कर्ताले ९.९९ प्रतिशतले कमाएका छन्। यस्तै, ट्रेड टावर लिमिटेडका लगानी कर्ताले ९.९८ प्रतिशतले कमाएका छन् । बजार ३१ अंकले बढेपनि ग्रिन डेभलेपमेन्ट र सप्ताकोसी डेभलपमेन्ट बैंकका सेयर लगानी कर्ताले भने १० प्रतिशतले गुमाएका छन् ।

सेयर बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ । उक्त दिन थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको छ । आज नेप्से सूचकमा उल्लेखनीय सुधार देखिएको छ भने बैंकिङ समूहको शेयर मूल्यमा पनि उछाल आएको छ । बजारमा उत्साह थपिँदा दैनिक कारोबार रकममा समेत सुधार देखिएको छ ।

आज माइक्रो फाइनान्स समूहको सबैभन्दा धेरै अर्थात् १.९३ प्रतिशत बढेको छ। बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?