नेप्से ३० इन्डेक्सको अन्तरिक परीक्षणका लागि स्वीकृति,के हो नेप्से ३० ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ’नेप्से ३० इन्डेक्स’को परीक्षणका लागि स्वीकृति दिएको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले उक्त परिसूचक आन्तरिक रुपमा परीक्षणमा ल्याउन नेप्सेको व्यवस्थापनलाई अनुमति दिएको हो । आन्तरिक परीक्षण सफल भएपछि उक्त परिसूचक सञ्चालनमा ल्याउने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
के हो नेप्से ३० ?
नेप्सेले दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्येबाट ३० वटा मात्र कम्पनी छनोट गरेर तिनको मात्र छुट्टै ‘इन्डेक्स’ बनाएको छ, जसलाई ‘नेप्से ३० इन्डेक्स’ भनिन्छ ।
नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त हुने बताइएको छ ।
नेप्से ३० सञ्चालनमा आएपछि नेप्सेको सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्ने र भविष्यमा नेप्सेलाई नै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको शेयर कारोबार उपकरण सञ्चालनका लागि समेत बाटो खुलाउने छ ।
नेप्से ३० सञ्चालन कार्यविधिले तय गरेको प्रणालीमा पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड (इपीएफ) सञ्चालन गर्नका लागि मद्दत गर्ने छ ।
‘नेप्से ३० इन्डेक्स’ कम्पनी छनोटका आधार:
– कम्पनी विगत ५ आर्थिक वर्षमध्ये अघिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष नाफामा भएको हुनुपर्ने ।
– एउटा समूहबाट अधिकतम २५ प्रतिशत र न्यूनतम १ वटा कम्पनी छनोट गर्ने ।
– प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष नाफामा रहेको ।
– अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा सोभन्दा बढी रहेको ।
– कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको ।
– सेयरधनीको संख्या कम्तीमा २० हजार रहेको ।
– पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५००० कित्ता वा सो भन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको ।
– पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको ।
इन्डेक्सको गणना विधि :
– उपरोक्त मापदण्डहरुबाट छनोट भएर आएका कम्पनीको प्रारम्भिक सूची तयार गर्ने ।
– प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरुको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई देहाय अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने ।


































