काठमाडौँ । विगत ३८ वर्षदेखि जीवन बीमा सेवा प्रदायकका रूपमा उभिएको नेशनल लाइफ इन्स्योरेन्सका विभिन्न बीमालेख छन् । ती मध्ये सर्वाधिक रुचाइएको प्रोडक्ट अमृत श्री अग्रीम भुक्तानी एवम् आजीवन जीवन बीमा बीमालेख हो । यसै सन्दर्भमा रहेर आर्थिक भ्वाइसले इन्स्योरेन्सका सहायक महाप्रबन्धक विवेक शर्मासँग कुराकानी गरेको छ । प्रस्तुत छ महाप्रबन्धक शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :
हामीले भविष्यका लागि विभिन्न योजना बनाइराखेका हुन्छौं ।
हामीले भविष्यका लागि सुन्दर योजना बनाइरहँदा भोलि त्यो बाटोमा के आइपर्छ भन्ने कुराका बारेमा हामी नै अनभिज्ञ हुन्छौं । हामीले परिकल्पना नै नगरेका जोखिम र दुर्घटना हामीमाझ आइपुग्छ । त्यस्ता घटनाले हामीले बुनेको सपनालाई नै तहसनहस बनाउन सक्छन् । हो, त्यस्तो बेला तपाईं र तपाईंको सपनालाई सुरक्षा चाहिन्छ । त्यो सुरक्षा जीवन बीमाले प्रदान गर्छ । जीवन बीमाले तपाईंका सुन्दर सपना र चाहनाको सुरक्षा गर्दै त्यसको प्राप्तिमा पनि भूमिका खेलिरहेको हुन्छ । त्यसकारण मान्छेको जिन्दगीमा जीवन बीमा एकदमै महत्त्वपूर्ण तत्त्व हो ।
आज जीवन बीमाका मार्फत गरिने बचतले भोलि विभिन्न तरिकाले सहयोग गरिरहेको हुन्छ । भोलि आइपर्ने भवितव्यका बेला परिवारको आर्थिक अवस्था सुनिश्चित गर्न पनि जीवन बीमाले सघाउँछ । तपाईंले आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिँदै उनीहरूको भविष्यलाई उज्ज्वल बनाउन चाहनुहुन्छ भने पनि जीवन बीमा राम्रो रोजाइ बन्न सक्छ । यस्तै तपाईंले आफ्नै लागि नयाँ घर बनाउने, गाडी खरिद गर्ने जस्ता वा अन्य कुनै योजना बनाउनुभएको छ भने पनि त्यसलाई पूरा गर्न जीवन बीमा उत्तम उपाय हुन्छ । कथम् कदाचित तपाईं रहनुभएन भने पनि यसले तपाईंका परिवारका सदस्यलाई आर्थिक सहायता पनि प्रदान गर्छ ।
पछिल्लो पटक सर्वाधिक रुचाइएको प्रोडक्ट अमृत श्री अग्रीम भुक्तानी एवम् आजीवन जीवन बीमा बीमालेख हो । बीमितहरूसँग के रहर हुन्छ भने आफूले लगानी गरेको थोरै पैसामा ठूलो जोखिम बहन होस् । सँगै समयको केही अन्तरालमा क्यासब्याक पनि देओस् भन्ने चाहना बीमितहरूको हुन्छ ।
बीमितहरूको त्यही इच्छा पूरा गर्न यो बीमालेख प्रस्तुत गरिएको हो । तपाईंले निश्चित बीमांक रकमको पोलिसी लिनुहुन्छ । त्यसपछि तपाईंले २ वर्षसम्म निरन्तर प्रिमियम बुझाइसकेपछि बीमालेखको ५ प्रतिशत क्यासब्याक पाउन योग्य बन्नुहुन्छ । यसरी तपाईंले हरेक वर्ष आफूले लगानी गरेको रकमबाट क्यासब्याक पाइरहनुहुन्छ । त्यसरी हुने आम्दानीले तपाईंलाई अरू कामधन्दा सुरु गर्न पनि सहयोग गर्छ ।
नेशनल लाइफका देशभर ११७ शाखा छन् । यस्तै ८३ हजार बढी अभिकर्ता छन् । यो बीमालेख तपाईंले अभिकर्तामार्फत् वा इन्स्योरेन्सको शाखा पुगेर खरिद गर्न सक्नुहुन्छ । त्यसका लागि बीमितको उमेर न्यूनतम १४ वर्षको हुनुपर्छ । यस्तै अधिकतम ६५ वर्षसम्मको हुन सक्नेछन् । यो बीमालेख कम्तीमा ५ लाखको हुन्छ । त्यसलाई आम्दानीको आधारमा जति पनि बढाउन सकिन्छ । अनि प्रिमियम वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरेर तीन तरिकाले बुझाउन सकिनछ । प्रोडक्ट म्येचुअर्ड भइसकेपछि ग्राहकवर्गको उमेर ७० वर्षभन्दा माथि हुनुपर्छ ।
यसमा विभिन्न राइडर सुविधा पनि छन् । अतिरिक्त प्रिमियम बुझाएर अन्य लाभ लिन सकिन्छ । त्यसमा १ करोड रुपैयाँसम्मको दुर्घटना लाभ सुविधा छ । यस्तै बीमितले १५ ओटा घातक रोगको सुरक्षा पनि पाउन सक्नुहुन्छ । बीमा अवधिको बेला शरीरमा पूर्ण अशक्तता देखियो भने बीमालेखले त्यसको पनि सुरक्षा गर्छ । बीमितले बीमा अवधिको पहिलो दुई वर्षपछि वार्षिक रूपमा बीमांक रकमको ५ प्रतिशत रकम त पाउनुहुन्छ नै, साथमा २० वर्षको अवधि पूरा गरेपछि बीमांक रकमको पाँच प्रतिशत रकम घटाएर बाँकी रहेको एकमुष्ट रकम र बोनस समेत प्राप्त हुन्छ ।
यहाँनेर बीमितलाई अब त बीमा सकियो, मेरो सुरक्षा हुँदैन होला भन्ने लाग्ला । तर यो पोलिसीले बीमितहरूको त्यस प्रकारको विचारलाई पनि सम्बोधन गर्छ । २० वर्षको बीमा अवधि पूरा भएपछि पनि आजीवन सुरक्षा भइराखोस् भनेर यो बीमालेख पुनः खरिद गर्न सकिन्छ । बीमा अवधिकै क्रममा कुनै घटनामा तपाईंको निधन भएको अवस्थामा यासब्याकका रूपमा अगाडि पाउनुभएको ५ प्रतिशत रकम नकटाई बोनस समेत जोडेर तपाईंका परिवारले प्राप्त गर्नेछन् ।
कतिपय बीमितलाई आफ्नो पैसाबाट केही रकम फिर्ता पाए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ । त्यस्ता बीमितको लागि बीमा अवधि सुरु भएको तीन वर्ष पछि बीमालेख धितोमा राखेर ऋण लिन सकिने सुविधा पनि राखिएको छ । तीन वर्षपछि बीमालेख बन्द गरेर सरेन्डर पनि गर्न सकिनेछ ।
यो पोलिसीमा तपाईंले अहिलेसम्मकै अधिक बोनस रेट पाउनुहुन्छ । जति बढी बोनस भयो बीमितलाई त्यति नै बढी रिटर्न पनि हुने नै हुन्छ । यसको फाइदा आजै लिइहाल्न तपाईंहरूलाई आग्रह गर्छु ।
https://www.youtube.com/watch?v=SLgDTIDJpeY&t=1s


































