National life

नेशनल लाइफको खुद नाफा बढ्यो, अन्य सूचकमा पनि प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
1.2kShares
नेशनल लाइफको खुद नाफा बढ्यो, अन्य सूचकमा पनि प्रगति
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको समीक्षा अवधिसम्म नेशनल लाइफले ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद नाफा ५.१९ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष कम्पनीको ईपीएस १०.३३ रूपैयाँ रहेकोमा यस वर्ष बढेर १०.४९ रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्ष १२ अर्ब ६२ करोड रूपैयाँ रहेकोमा यस वर्ष साढे ११ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रुपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी साढे १७ अर्ब रुपैयाँबाट बढेर १९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ भने कुल खर्च पनि करीब साढे १६ अर्ब रुपैयाँबाट बढेर १८ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ५ अर्ब २१ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड रूपैयाँ, जगेडा कोषमा साढे ८५ करोड रूपैयाँ र शेयर प्रिमियम २ करोड ७८ लाख रूपैयाँ रहेको छ।

यस अवधिमा खुद बीमा शुल्क संकलन ११.४८ प्रतिशतले बढेर १४ खर्ब ७ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.४७ रूपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?