National life

नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पनि पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
1KShares
नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पनि पारित
ncell

काठमाडौं। नेशनल लाइफको वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ। कम्पनीको ३५औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्रमा रसिया र युक्रेन युद्धका कारण चुनौति थपिएको र नेपालको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले बीमाको पहुँचमा उल्लेखनीय बृद्धि भएको बताइन् । उनले नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा पनि व्यक्त गरिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभाले आर्थिक वर्ष २०७८/ ०७९ को लागि अद्यावधिक चुक्तापूँजीको ८ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्तापूँजीमा ६ दशमलव ५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ ।

उक्त अवसरमा कम्पनीको कल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई १ हजार ४४० दशमलव ७६ करोड रुपैयाँ पुगेको जानकारी दिइयो । साथै सोही अवसरमा एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आर्थिक वर्ष २०७९/ ०८० मा प्रक्रिया अगाडि बढाइने जानकारी दिइयो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?