National life

नेशनल लाइफको १२ वर्षमा औसत २६.१५ % लाभांश वितरण, हेर्यौ कुन वर्ष कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
1.2kShares
नेशनल लाइफको १२ वर्षमा औसत २६.१५ % लाभांश वितरण, हेर्यौ कुन वर्ष कति ?
ncell

नेशनल लाइफ इन्स्योरेन्सले पछिल्लो १२ वर्षमा औसत २६.१५ प्रतिशत लाभांश वितरण गरेको छ । यो तुलनात्मक रुपमा अरु बीमा कम्पनीहरुको भन्दा धेरै हो । बीमा कम्पनीहरुले पछिल्लो समय प्रतिफल दिन नसक्ने अवस्था रहेको बेला नेशनलले भने हरेक वर्ष डबल डिजिट प्रतिफल दिंदै आएको छ ।

कम्पनीले सबै भन्दा धेरै आर्थिक वर्ष २०६९–७० मा ७२.५० प्रतिशत लाभांश वितरण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबै भन्दा कम २०७५–७६ मा १०.५३ प्रतिशत प्रतिफल वितरण गरेको देखिएको छ ।

वित्तीय विवरण

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्स्योरेन्सले १३ करोड २ लाख खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यसको उक्त नाफा १२ करोड ९९ लाख थियो ।

नेशनलको लगानी तथा कर्जाबाट हुने आम्दानी ९७ करोड ९९ लाखबाट बढेर १ अर्ब ३५ करोड ११ लाख पुगेको छ । त्यसैगरी, पोलिसी होल्डरबाट संकलन गरेको ब्याजबाट २१ करोड ६१ लाख आम्दानी गरेको छ । गत वर्ष १७ करोड ७० लाख थियो ।

यस कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले खर्च पनि कटौती गरेको छ ।

यसको प्रथम बीमा शुल्क संकलन ८४ करोड २७ लाखबाट बढेर ९० करोड ७२ लाख पुगेको छ । तसर्थ, यसले नयाँ व्यापार पनि बढाएको छ । यसको अन्य आम्दानी, कमिसन पनि बढेको छ ।

कम्पनीको बीमा शुल्क संकलन ४ अर्ब १० करोड रहेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ ४० पैसा रहेको छ । नेटवर्थ भने १२९ रुपैयाँ १२ पैसा देखिएको छ । हाल नेशनलको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ४९ करोड ८ लाख छ । शेयर प्रिमियममा २ करोड ७८ लाख जम्मा रहेको छ । जीवन बीमा कोषमा भने ६८ अर्ब ८ करोड २४ लाख रहेको छ । यसले बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी सहजै पुर्याएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?