National life

नेशनल लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक, ८५ रुपैयाँसम्म बोनस पाइने, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
519Shares
नेशनल लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक, ८५ रुपैयाँसम्म बोनस पाइने, कुनमा कति ?
ncell

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले  गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङक्नका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा लागू हुने गरी बोनस दर निर्धारण भएको हो। कम्पनीले अघिल्लो वर्षको तुलनामा यस वर्षपनि बोनस दर नघटाई घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले ‘सावधिक जीवन बीमालेख’ बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि कम्पनीले ८५ रुपैयाँ बोनस दर दिने घोषणा गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको बीमालेख २ लाख ३६ हजार ३३४ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्। साथै ‘अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख’ योजनामा बीमा अवधि अनुसार कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ४५ हजार ३३८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

साथै कम्पनीले यो बोनस दर अर्को बीमाङ्कीय मूल्याङक्न प्रतिवेदन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत लागू हुने जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?