काठमाडौँ । कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँगको फोन कलको अडियो लिक भएपछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई निलम्बनमा परेका छन् ।
संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रामाथि गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाउँदै निलम्बनको आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अर्कोतर्फ, थाइल्याण्डका राजाले मंगलबार सरकारमा नयाँ मन्त्रिपरिषद् सदस्यहरूको नियुक्तिलाई स्वीकृति दिएका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँग गरेको कुराकानीको अडियो लिक भएपछि विवाद सुरु भएको थियो ।
अडियो लिक भएपछि थाइल्याण्डमा संवैधानिक अदालतले लिक भएको कल प्रकरणमा प्रधानमन्त्री शिनावात्रालाई गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाइएको निवेदनमाथि विचार गर्ने अनुमान गरिएको थियो ।
संवैधानिक अदालतको आदेशपछि शिनावात्राले यो प्रक्रिया आफूले स्वीकार गर्ने र पालना गर्ने धारणा व्यक्त गरेकी छन् ।


































