National life

नौ महिनाको अवधिमा छ अर्ब ६५ करोड बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
1.1kShares
नौ महिनाको अवधिमा छ अर्ब ६५ करोड बढी राजस्व संकलन
ncell

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौ महिनाको अवधिमा छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताए ।

‘कार्यालयले चालु आवको नौ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,’ उनले भने, ‘आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व संकलन भएको छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म दुई अर्ब १३ करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात ९९ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको छ ।

त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात १३८ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको छ। त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार संकलन गरेको छ ।

त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख संकलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात ८३ दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?