National life

पहिरोले नौबिसे–काठमाडौँ सहित २५ बढी स्थानमा सडक अवरुद्ध, यात्रु अलपत्रमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
784Shares
पहिरोले नौबिसे–काठमाडौँ सहित २५ बढी स्थानमा सडक अवरुद्ध, यात्रु अलपत्रमा
ncell

काठमाडौँ । बिहानैदेखि निरन्तर रूपमा परेको अविरल वर्षासँगै आएको पहिरोको कारण नौबिसे–काठमाडौँ सडक सहित देशभरमा २५ बढी स्थानको सडक अवरुद्ध भएको छ।

नौबिसे सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन सकिने अवस्था नरहेको र पानी सहित पहिरो निरन्तर रूपमा बगेको कारण समस्या थपिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ बाहिरिने र काठमाडौँ प्रवेश गर्ने उक्त नाकामा बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु अलपत्र परेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नौबिसे सुरुङमार्ग सहित देशभरमा २५ भन्दा बढी स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । हालसम्म मानवीय क्षति नभएपनी भौतिक रूपमा ठुलो क्षति भएको प्रहरीले जनाएका छन् ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?