National life

पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको खुद नाफामा बृद्धि: कुन कम्पनीको कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.4kShares
पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको खुद नाफामा बृद्धि: कुन कम्पनीको कति?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा बृद्धि भएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

जुन गत वर्षको सोही अवधीको तुलनामा १८.६२ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले एक अर्ब ६२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा सिटिजन लाइफ अग्रस्थानमा रहेको तथ्यांकले देखाएको छ ।

यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले २५ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै बृद्धिदरको आधारमा अग्रस्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा ८३.१६ प्रतिशतले बढी नाफा कमाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?