National life

पिपुल्स पावरको हकप्रद बाँडफाँड, ३ लाख ९१ हजार कित्ता शेयर लिलाममा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
974Shares
पिपुल्स पावरको हकप्रद बाँडफाँड, ३ लाख ९१ हजार कित्ता शेयर लिलाममा आउने
ncell

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ उक्त शेयर भदौ ५ गते शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यस हकप्रदमा रितपूर्वक आवेदन दिने लगानीकर्तालाई २७ लाख ७१ हजार २ सय २१ कित्ता शेयर बाँडफाँड गरिएको छ।

Royal Enfield
nic asia capital
अब बिक्री नभएको ३ लाख ९१ हजार ७ सय ७९ कित्ता शेयर लिलाममा आउने छ। कम्पनीले हक भन्दा बढीको माग गरी आवेदन दिनेको हकमा भदौ ८ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ।

कम्पनीले हकप्रद निष्कासनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १ गतेसम्म कायम शेयर धनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था थियो।

यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?