National life

पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै माग भन्दा ४.६ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
815Shares
पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै माग भन्दा ४.६ गुणा बढी आवेदन
ncell

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले आइपीओ बिक्री खुलेको पहिलो दिन बिहीबार साँझसम्म ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीको आइपीओमा ४ लाख ५८ हजार ५४१ जना आवेदकहरूले ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ४.६ गुणा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पियोर इनर्जीले चैत २८ गते ९बिहीबार०देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म आइपीओ नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?