काठमाडौं । पियोर इनर्जी लिमिटेडले खुला गरेको आइपीओमा १२ करोड ५० लाख ५१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
सीडीएसका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको उक्त आइपीओमा आज (चैत ४ गते) साँझसम्म ५४ हजार ९८३ जनाले १२ लाख ५० हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६८ गुणा बढी हो।
कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।
वैदेशिक रोजगारमा रहेका नेपालीले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । यसमा मंगलबार (चैत ५ गते) सम्म आवेदन दिन सकिने छ।


































