काठमाडौँ । सोमबार नेप्सेमा पियोर इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम ८० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक शेयर धनीहरूले लगानी गरेको ६४ लाख कित्ता शेयर गरी कुल ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
मङ्गलवार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा यसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर खुला हुनेछ । नेप्सेले यसको दोस्रो बजारमा कारोबारका लागि पीयुआरई संकेत दिएको छ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो ।


































