National life

पियोर इनर्जीको आईपीओ भोली बाँडफाँट हुँदै , १८ लाखभन्दा बढीको हात रित्तो हुने निश्चित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
510Shares
पियोर इनर्जीको आईपीओ भोली बाँडफाँट हुँदै , १८ लाखभन्दा बढीको हात रित्तो हुने निश्चित
ncell

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आईपीओ भोली अर्थात् बिहीबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आफ्नै कार्यालय नारायणचौर नक्सालमा बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको  जनाएको छ ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेर बाँडफाँट समेत गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यसरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरूले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीको आईपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले निष्कासन गरेको सेयरको १९.०२ गुणा बढी हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा १ लाख १९ हजार ५२० जनाले १०/१० कित्ता दरले सेयर हात पार्नेछन् भने १८ लाखभन्दा बढीको हात रित्तो हुने निश्चित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?