काठमाडौँ। पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ।
प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा बाँडफाँड गरिसकेको छ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।
यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म रहेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


































