National life

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
627Shares
पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौँ। पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणको आईपीओमा निष्कासन गरेको थियो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो।

जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लावासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्म माग गर्न सक्नेछन्।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। साथै स्थानीय बासिन्दाहरूलाई बाँडफाँडमा परेका शेयरहरू सर्वसाधारणलाई निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने गरी लकइनमा रहने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?