काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकले फेरि एकपटक ३००० को मनोवैज्ञानिक बिन्दु पार गरेको छ। आजको परिसूचक करिब चार वर्षयताकै उच्च हो।गत वर्ष श्रावण ३१ गते पहिलोपटक ३००० पार गरेको बजारले २०८२ सालमा आएर दोस्रोपटक सो उचाइ छोएको हो। पछिल्लो समय देखिएको यो उत्साहजनक उछालले लगानीकर्तालाई हर्षित बनाएको छ भने नयाँहरूलाई समेत बजारप्रति आकर्षित पारेको छ।
यही सन्दर्भमा आर्थिक भ्वाइसले नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालसँगको कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको पुँजीबजारमैत्री मौद्रिक नीतिको प्रभाव अहिले देखिएको हो। विगतमा नीतिगत अन्योलले बजार थला परेको थियो तर अब ती अवरोधहरू क्रमशः हट्दै गएका छन्। पूरै क्याप हट्न नसके पनि १५ करोडको सीमा २५ करोड पुर्याइएको छ । जुन एक सकारात्मक र सशक्त कदम हो।
आजको मितिमा बैंकहरूमा झण्डै ९ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। कुल ७२ खर्बको डिपोजिटमध्ये ६५ खर्ब ६० अर्ब मात्रै परिचालन भएको छ। यथेष्ट लगानी हुन नसक्दा सीडी रेसियो ७५.९८ प्रतिशतमा सीमित छ। विगतमा १२ प्रतिशत ब्याजमा लिइएको कर्जा अहिले साढे सातदेखि सात प्रतिशतमा झरेको छ। निक्षेपकर्ताले बैंकमा ब्याजको आशा गरे पनि त्यसबाट हुने आम्दानी घट्दो छ। यस्तोमा सहज ढङ्गले कमाइ गर्न सकिने क्षेत्र भनेकै शेयर बजार हो।
https://aarthikvoice.com/archives/69345
अहिलेको गभर्नर लोकतान्त्रिक सोच भएका, योजना आयोगको उपाध्यक्षसमेत भइसकेका, अर्थतन्त्रलाई राम्ररी बुझेका व्यक्ति हुन्। उनको मौद्रिक नीतिका कारण लगानीकर्तामा आत्मविश्वास बढेको देखिन्छ। चार वर्षपछि नेप्सेले ३००० बिन्दु पार गरेको छ भने बजारको क्यापिटलाइजेसन ५० खर्ब रुपैयाँ नाघिसकेको छ। अब बजारले गति लिएको छ।
पुँजी बजार भविष्यवाणी गर्न सजिलो छैन। तर अहिलेको अवस्था हेर्दा के लाग्छ भने बजार बेस क्याम्पमा छ र अब उकालो लाग्ने बाटोमा छ। यस पटक ३००० पार गरिसकेको बजारले छिट्टै ३२०० बिन्दु पनि छुन सक्छ।
बैंक तथा वित्तीय संस्थाले लिड गर्ने सम्भावना बढी
गत वर्ष धेरै बैंकहरुको एन पि एल बढेकाले थोरै बैंकहरूले मात्र लाभांश दिएका थिए। तर यसपालि राष्ट्र बैंकको परिपत्र र बैंकहरूको आन्तरिक अवस्थाबाट हेर्दा, धेरै बैंकहरू लाभांश दिनसक्ने अवस्थामा छन्। लघुवित्तमा लागु गरिएको १५ प्रतिशतको क्याप पनि हट्ने भन्ने छ त्यसमा पनि केही लाभांसको आश गर्ने ठाउँ रहेको छ। यसले गर्दाखेरी बजार बढ्नका लागि बैंक तथा वित्तीय नै अगाडी बढ्नु पर्छ। धेरै बैंक तथा वित्तीयको रेट आजको दिनमा पनि एकदमै तल्लो न्यून ३ सय भन्दा तल रहेको कारणले गर्दा खेरि बैंक तथा वित्तीयले नै लिड गर्छ जस्तो लाग्छयसका साथै उत्पादनमुलक कम्पनीले पनि लिड गर्ने संकेत देखिएको छ।


































