काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजारको दायरा विस्तार गर्ने नीति अघि सारेको छ। रामचन्द्र पौडेल ले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपाली (एनआरएन) को सहभागिता बढाउने उल्लेख गरेका छन्।
नीतिअनुसार पूँजी बजारलाई थप सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्य लिइएको छ। यसका लागि धितोपत्र नियमन प्रणाली, नेप्से परिसूचक सम्बन्धी संरचना तथा क्लियरिङ प्रणालीमा सुधार गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी ऋण बजार, बन्ड बजार र पूर्वाधार बन्डको विकासमार्फत दीर्घकालीन पूँजी संकलनलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


































