National life
cg eloctronics

पूर्वी नाकाबाट १० महिनामा १६ अर्ब १९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
1.5kShares
पूर्वी नाकाबाट  १० महिनामा १६ अर्ब १९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात
muktinatha bikash bank

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् ५.४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए । कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ ।

everest bank

उक्त अवधिमा सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलो लिटर पेट्रोल आयात भएको थियो । यसै गरी, पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलो लिटर डिजेल आयात भएको छ ।

चालु आवको १० महिनामा दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलो लिटर एटिएफ र १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलो लिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?