काठमाडौँ । सरकारले पेट्रोलको भाउ स्थिर राखेको छ । पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्रति लिटर पेट्रोलमा ०.४५ रुपैयाँ बढेर आएको भए पनि नेपालमा यस अगाडि कायम भएको मूल्य लागु हुने भएको छ ।
नेपाल आयल निगमका अनुसार डिजेलमा २.१५ रुपैयाँ र हवाई इन्धनमा ६.५९ रुपैयाँ मूल्य घटेर आएको छ।
सोमबार बसेको निगम सञ्चालक समितिले डिजेल–मट्टितेल प्रति लिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ रुपैयाँ घटाइएको हो।
यता, खाना पकाउने ग्यासको भाउ पनि यस अगाडिकै मूल्य कायम गरिएको निगमले जनाएको छ।


































