National life

पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि,आपूर्ति व्यवस्थापनमा दबाब

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ चैत २०८२, आइतबार
1.4kShares
पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि,आपूर्ति व्यवस्थापनमा दबाब
ncell

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

https://aarthikvoice.com/archives/85501

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते बिहान रातिदेखि लागू हुने गरी समायोजन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ ।

पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा

दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ

तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने

डिजेल र मट्टीतेल

पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा

दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ

तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । आफ्नो पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको निगमले जनाएको छ ।

https://www.youtube.com/watch?v=OeXaT_jeh6w&t=40s

निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।

https://aarthikvoice.com/archives/85427

https://www.youtube.com/watch?v=DBuz-wojZR8&t=6s

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?