National life

पेट्रोलियम पदार्थमा निर्भर रहँदा हाम्रो अर्थतन्त्रमा संकट देखा पर्दै आयो : सांसद असीम शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
653Shares
पेट्रोलियम पदार्थमा निर्भर रहँदा हाम्रो अर्थतन्त्रमा संकट देखा पर्दै आयो : सांसद असीम शाह
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्रमा गम्भीर प्रभाव पर्दै आएको धारणा राखेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीतिगत व्यवस्था निर्माण गर्नुपर्ने बताएका हुन्।

‘नेपाल सरकारले निरन्तरता दिएको असंलग्न परराष्ट्र नीति र भारत पाकिस्तान युद्धबिरामको स्वागत गर्दछु,’ उनले भने, ‘पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पु¥याइरहेको कुरा सर्वविदितै छ।’

सांसद साह विद्युतीय सवारीसाधनको प्रवद्र्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दिगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवद्र्धन गर्नुपर्ने उनले बताए।रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले सरकरालाई आग्रह गरे।

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?