National life

'पे वल र सजिलो पे' का ६ कर्मचारी पक्राउ, कारोबार रोक्का 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
763Shares
'पे वल र सजिलो पे' का ६ कर्मचारी पक्राउ, कारोबार रोक्का 
ncell

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ जना कर्मचारी पक्राउ  गरेको छ ।

पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेको छ।

पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पताल भर्ना भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। अवैध सुन तस्करीको खरिद बिक्रि कसरी भएको छ र त्यसको भुक्तानी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको सीआईबीले जानकारी गराएको छ ।

सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको छ। अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?