National life

पोखरा र समृद्धि फाइनान्स मर्ज हुँदै, मर्जरपछि पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ९० पुग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
334Shares
पोखरा र समृद्धि फाइनान्स मर्ज हुँदै, मर्जरपछि पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ९० पुग्ने
ncell

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स र मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्स कम्पनी मर्ज हुने भएका छन्।

मर्जरपछि पोखरा फाइनान्स लिमिटेडका नाममा एकीकृत कारोबार हुनेछ । केन्द्रीय कार्यालय काठमाडौंमा सारिने भएको छ। दुवै संस्थाबीच १ः१ को स्वाप रेसियो (एक सेयर बराबर एक सेयर) मा मर्जरको सहमति भएको हो।

Royal Enfield
nic asia capital

दुई कम्पनीबीचको मर्जर सम्झौतामा पोखरा फाइनान्सका अध्यक्ष तिलबहादुर गुरुङ र समृद्धि फाइनान्सका अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका हुन् ।

दुवै कम्पनीले नियामकीय स्वीकृति लिएपछि आगामी मंसिरभित्र एकीकृत कारोबार सुरु गर्ने सहमति भएको छ। मर्जर प्रक्रियाअन्तर्गत आइतबारदेखि दुवै फाइनान्स कम्पनीको सेयर कारोबार नेप्सेमा रोक्का गरिएको छ।

हाल पोखराको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख छ भने समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ छ।

मर्जरपछि बन्ने सञ्चालक समिति अध्यक्षसहित सात सदस्यीय बन्नेछ। समितिमा समृद्धिका तर्फबाट अध्यक्ष र तीन सञ्चालक रहँदा पोखराका तर्फबाट तीन सञ्चालक हुनेछन्। सञ्चालकको टुंगो लागे पनि प्रमुख कार्यकारी अधिकृतबारे निर्णय भइनसकेको दुवै संस्थाले जनाएका छन्।

दुई वित्तीय संस्था मर्जरपछि बन्ने पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार पुग्नेछ।

यो समाचार शेयर गर्नुहोस्
334SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?