National life

प्रतितोला ७४ सयले आकासियो सुनको मूल्य : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1.3kShares
प्रतितोला ७४ सयले आकासियो सुनको मूल्य : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा पनि सुनको भाउ लगातार उकालो लागिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको विनिमय दरमा आएको परिवर्तन तथा भू–राजनीतिक अस्थिरता जस्ता कारणले सुनको मूल्यमा चाप परेको हो। विशेषगरी लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्यमा थप उकालो लागेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?