National life

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संसदमा उठेको प्रश्नको जवाफ दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
450Shares
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संसदमा उठेको प्रश्नको जवाफ दिने
ncell

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ ।

Royal Enfield
nic asia capital

साथै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छ वटा मन्त्रालयको समूहकृत रूपमा छलफल हुने कार्यसूची छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?