National life

प्रथम बीमा शुल्क वृद्धिका आधारमा सन नेपाल लाइफ अग्रस्थानमा, कुनको कति बढ्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
901Shares
प्रथम बीमा शुल्क वृद्धिका आधारमा सन नेपाल लाइफ अग्रस्थानमा, कुनको कति बढ्यो ?
ncell

काठमाडौँ। १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १८ अर्ब ४३ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको भन्दा २८ दशमलव ०५ प्रतिशतले बढी हो। गत आवमा कम्पनीहरुले १४ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रथम बीमा शुल्क वृद्धिको आधारमा सन नेपाल लाइफ इन्सारेन्स अग्रस्थानमा देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त कम्पनीले प्रथम बीमा शुल्क ५९.८७ प्रतिशतको बृद्धि गरेको छ । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड ८ लाख रुपैयाँ भन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४० लाख १३ लाख बढीको प्रिमियम संकलन गरेको छ।

त्यस्तै प्रथम बीमा शुल्क संकलन वृद्धिको आधारमा प्रभू महालक्ष्मी इन्सोरेन्स दोस्रो स्थानमा रहेको छ। यस अवधिमा कम्पनीले ५४.२२ प्रतिशत बढाएको हो। त्यस्तै, सोही अवधिमा क्रमशः राष्ट्रिय जीवन बीमा कम्पनीको ४६.७६ प्रतिशत, नेपाल लाइफ इन्सोरेन्सको ३९।०४ प्रतिशत र सूर्यज्योति लाइफ इन्सोरेन्सले ३३.८६ प्रतिशतले प्रथम बीमा शुल्क बढाएका छन् ।

जीवन बीमा कम्पनीहरूले पहिलो प्रिमियमबापत् ७ महिनाको अवधिमा १८ अर्ब ७७ करोड ७९ लाख, वैदेशिक रोजगार प्रिमियमबापत् १ अर्ब ९७ करोड ६१ लाख र नवीकरण प्रिमियमबापत् ७५ अर्ब २५ करोड ७७ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?