काठमाडौं । जीवन बीमा क्षेत्रमा गत आर्थिक वर्ष उल्लेखनीय विस्तार देखिएको छ, जहाँ सञ्चालनमा रहेका १४ कम्पनीहरूले कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।
संकलनका आधारमा नेपाल लाइफ बीमा कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। नेशनल लाइफले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र एलआईसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ संकलन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ भने सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। एशियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ संकलन गर्दा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ।
यसैगरी, सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ र मेटलाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
समग्रमा, जीवन बीमा बजारमा कम्पनीहरूबीच प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको देखिएको छ।


































