National life

स्टार माइक्रो इन्स्योरेन्सको व्यवसाय विस्तार, वित्तीय आधार सुदृढ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
986Shares
स्टार माइक्रो इन्स्योरेन्सको व्यवसाय विस्तार, वित्तीय आधार सुदृढ
ncell

काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय व्यावसायिक वृद्धि हासिल गरेको छ। कम्पनीले बीमा कोष र बीमाशुल्क संकलनमा राम्रो प्रगति गर्दै आफ्नो वित्तीय आधार सुदृढ बनाएको छ।

समीक्षा अवधिसम्म कम्पनीले १० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० लाख १६ हजार रुपैयाँको तुलनामा ६ प्रतिशतले बढी हो।

बीमा कोषमा उल्लेखनीय वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष १७ करोड ९३ लाख रुपैयाँ रहेको बीमा कोष बढेर २८ करोड २५ लाख रुपैयाँ पुगेको छ, जुन ५७.५५ प्रतिशतले वृद्धि हो।

व्यवसाय विस्तारका क्रममा कुल बीमाशुल्क आर्जन पनि उल्लेख्य रूपमा बढेको छ। कम्पनीले समीक्षा अवधिमा १७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १० करोड १७ लाख रुपैयाँको तुलनामा ७६.४७ प्रतिशतले बढी हो। त्यस्तै, खुद बीमाशुल्क पनि ७२.७० प्रतिशतले बढ्दै ६ करोड १६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.२१ रुपैयाँ पुगेको छ भने सोल्भेन्सी रेसियो १.९१ रहेको छ, जसले कम्पनीको वित्तीय स्थायित्व कायम रहेको देखाउँछ।

यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?