National life

प्रदर्शनको नाममा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय : उद्योग वाणिज्य महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ चैत २०८१, शनिबार
521Shares
प्रदर्शनको नाममा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय : उद्योग वाणिज्य महासंघ
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै काठमाडौंमा भएको आन्दोलन/प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता गतिविधिको निन्दा र भर्त्सना गरेको छ ।

महासंघले आन्दोलनका क्रममा सर्वसाधारण र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी र सार्वजनिक सम्पत्तिमा आक्रमण, लुटपाट, आगजनी जस्ता घटनाहरूले गम्भीर क्षति पुर्‍याएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा धनजनको ठूलो क्षतिका साथै मानवीय जीवनमा समेत दुखद क्षति पुगेको उल्लेख गर्दै महासंघले ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा पीडित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

Royal Enfield
nic asia capital

महासंघले आन्दोलनका क्रममा सर्वसाधारणको निजी सम्पत्ति, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा भएको आक्रमण, आगजनी र लुटपाटका घटनाप्रति खेद व्यक्त गर्दै यस्ता हिंसात्मक गतिविधिको विरोध गरेको छ। साथै, घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पनि महासंघले अगाडि सारेको छ।

महासंघले संविधानले दिएको अधिकारभित्र रही शान्तिपूर्ण रूपमा माग राख्न सकिने भए पनि हिंसात्मक आन्दोलन, लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय रहेको जनाएको छ। यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महासंघले सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

महासंघले समाजमा शान्ति, सुरक्षा, र स्थायित्व कायम गर्न सबै पक्षलाई संयमित रहन र हिंसाबाट टाढा रहँदै समस्याहरूको समाधान संवाद र समझदारीबाट खोज्न अपिल गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?