National life

प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ साउन २०८२, आइतबार
456Shares
प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भदौ ३१  (सेप्टेम्बर १६) गते नयाँ दिल्ली जान लागेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षीले ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन्। यद्यपि मिति तलमाथि हुन सक्ने परराष्ट्र स्रोतको भनाई छ।

Royal Enfield
nic asia capital

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेको जनाएको छ। त्यस अगाडि सचिव स्तरीय बैठक पनि हुने बताइएको छ। झण्डै ९ वर्षपश्चात् नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो।

आगामी ६ र ७ साउन (जुलाई २२ र २३) मा भारतको राजधानी नयाँ दिल्लीमा बैठक बस्न लागेको स्रोतको भनाई छ। गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ।

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?