National life

प्रधानमन्त्री प्रचण्डको उद्घोष- भ्रष्टाचारविरूद्धको अनुसन्धान रोकिन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ असार २०८०, शनिबार
721Shares
प्रधानमन्त्री प्रचण्डको उद्घोष- भ्रष्टाचारविरूद्धको अनुसन्धान रोकिन्न
ncell

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरूद्ध अनुसन्धान कार्य नरोकिने बरु थप तीब्रता दिने उद्घोष गरेका छन् । शनिबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका सवालमा भ्रष्टाचार विरुद्धको अभियानमा आफू नरोकिने बताए । 'बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ' प्रधानमन्त्री प्रचण्डले भने, 'यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।' उनले थपे, 'भ्रष्टाचार देशको बिकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ। अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन' प्रधानमन्त्रीले भने। पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो प्रधानमन्त्री प्रचण्डले बताएका छन् । सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउदै अब आफुले छिट्टै चीन भ्रमण गर्ने र त्यहाँ पनि देश र जनताको हितमा अधिकतम लाभ लिन सकिने राम्रो कोसिस हुने बताए । सरकार आज हो कि भोलि भन्ने हल्लाका बीच प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?