National life

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक फागुन ३० गते भित्रै विश्वासको मत लिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ फागुन २०८०, शनिबार
563Shares
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक फागुन ३० गते भित्रै विश्वासको मत लिँदै
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुनभित्रै विश्वासको मत लिने भएका छन् । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनको लागि समय घर्किन लागेको भन्दै सबै सांसदलाई आफ्नो ठाउँबाट तयारी थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले फागुन ३० गतेभित्रै सदनमा विश्वासको मत लिन लागेका हुन् । यसअघि कांग्रेससहितको गठबन्धनमा रहेका दाहालले फागुन २१ गते एमालेसहितको नयाँ गठबन्धन बनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उता, कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्न केही चूनौति रहेको आँकलन गरेर नै पार्टीभित्र पनि सांसदहरुलाई ह्वीप लगाउने विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।​कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसको १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?