National life

प्रभु इन्सुरेन्सको नाफामा भारी वृद्धि,प्रतिसेयर आम्दानी ३७.९३ रुपैयाँ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ वैशाख २०८१, शुक्रबार
776Shares
प्रभु इन्सुरेन्सको नाफामा भारी वृद्धि,प्रतिसेयर आम्दानी ३७.९३ रुपैयाँ पुग्यो
ncell

काठमाडौं । प्रभु इन्सुरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

सो नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७.१८५ ले बढी हो भने खुद बीमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी सुधार भएपछि खुद नाफामा वृद्धि भएको अवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअवधिमा खुद बीमाशुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुग्दा लगानी तथा कर्जाबाट आम्दानी पनि ४८.३० प्रतिशतले बढेर ११ करोड ६३ लाख रुपैयाँ पुगेको अवस्था छ । प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने तयारी भइरहेको छ । खुद नाफामा उच्च वृद्धि हुँदा प्रतिसेयर आम्दानी पनि २६.८८ रुपैयाँले बढेर ३७.९३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२४.६७ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?