National life

प्रभु इन्स्योरेन्सको नाफा २९ प्रतिशतले बढ्याे, यस्ता छन् अन्य सूचांक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
737Shares
प्रभु इन्स्योरेन्सको नाफा २९ प्रतिशतले बढ्याे, यस्ता छन् अन्य सूचांक
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि भएको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २१ करोड ४५ लाख रुपैयाँ संचिती थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती रकम बढेको हाे ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोष बृद्धि भई १ अर्ब ३ करोड ६१ लाख ४० हजार पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ९१ करोड ५३ लाख थियो । कम्पनीको महा विपत्ती कोषमा ९ करोड २० लाख संचिती रहेकाे छ ।

यस अवधिमा कम्पनीले कर्मचारी बोनश व्यवस्था वापत ३ करोड ४५ लाख रुपैयाँ छुटाइएको छ । यस अवधिमा कम्पनीले २४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ६३ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४७ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले २० करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २१ करोड २५ लाख दाबी तिरेको थियो । भुक्तानी हुन बाँकी दाबी ६९ करोड १० लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?