काठमाडौं । मर्जर प्रक्रियामा नगएको प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष आर्थिक वर्ष ७९।८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो।
यही फागुन २० गते बसेको संचालक समिति बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने पक्का भएको हो ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै र कम्पनीको साधारणसभाबाट उक्त लाभांश बितरण हुनेछ ।
































