National life

प्रभु क्यापिटलको १६औँ साधारण सभा सम्पन्नः लाभांश प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
737Shares
प्रभु क्यापिटलको १६औँ साधारण सभा सम्पन्नः लाभांश प्रस्ताव पारित
ncell

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ दशमलव ३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा सदस्य देवी प्रकाश भट्टचन र प्रभु बैंकका सीईओ अशोक शेर्चनको उपस्थिती रहेको उक्त सभामासाधारण सभाले आ.व.२०८०–८१ को लेखापरिक्षणको प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका साथै प्रभु बैंक लिमिटेडको कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही यस क्यापिटलबाट संचालित प्रभु सेलेक्ट फण्डबाट कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डबाट कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

साधारण सभामा बोल्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एल पि भानु शर्माले सम्रग अर्थव्यवस्था धेरै सकारात्मक नहुँदाको समयमा समेत संस्थाले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिन सक्षम भएकोमा खुसी ब्यक्त गरे ।

क्यापिटलले देशको अर्थतन्त्रलाई टेवा पुग्ने क्षेत्रहरुमध्येको जलविद्युत, संचार, लघुवित्त, ईन्स्योरेन्स, पर्यटन, स्टिल, सिमेन्ट आदि क्षेत्रहरुमा लगानी गरेको पनि अध्यक्ष शर्माले बताए । आगामी दिनमा क्यापिटलले नियमनकारी निकायबाट अनुमति अन्र्तगतका कार्यहरुलाई अधिकतम जोड दिने र मर्चेन्ट बैंकिङ्गको अन्य आम्दानीको क्षेत्रमा समेत विश्लेषण गरी अगाडी बढ्ने योजना रहको अध्यक्ष शर्माको भनाई छ ।

यस्तै कम्पनीको स्थायित्वको लागि आउँदो दिनमा आफ्ना कार्यहरु अझ बढी विश्वसनीय, स्वस्थ, पारदशीं, प्रतिष्पर्धीस प्रभावकारी बनाई नविनतम अवधारणमा अनुरुप कार्य गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने लक्ष्य लिएर अघि बढिरहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?