National life

प्रभु बैंकका सिनियरसहित १४८ कर्मचारीले छाडे जागिर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
514Shares
प्रभु बैंकका सिनियरसहित १४८ कर्मचारीले छाडे जागिर
ncell

काठमाडौं । प्रभु बैंक सिनियरसहित कर्मचारीले बैंकबाट जागिर छाडेका छन् । १४ जना सिनियरसहित १४८ जना कर्मचारीले प्रभु बैंक छाड्ने निर्णय गरेका हुन् ।

बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् ।

बैंकका म्यानेजर तहदेखि माथिका १४ जना कर्मचारीले जागिर छाडेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै डेपुटी जनरल म्यानेजर अनुपमा श्रेष्ठ मानन्धर र एसिस्टेन्ट डेपुटी जनरल म्यानेजर भोलाप्रसाद पाठकले पनि स्वेच्छिक अवकाश रोजेका छन् ।

साउन तेस्रो साता १० दिनका लागि ल्याएको भिआरएस योजनामा ४८ जनाले मात्रै आवेदन दिएपछि ७ दिनको समय थपेको थियो ।

बैंकमा ३५०० को हाराहारीमा कर्मचारी छन् । बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको हो ।

२०७९ पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो । मर्जपछि कर्मचारी संख्या धेरै हुँदा बैंकले भिआरएस योजना ल्याएको हो ।

बैंकले भिआरएस योजना ५ वर्षभन्दा कम जागिर भएका सहायक प्रबन्धकका लागि २० महिनाको कूल तलब र ५ वर्षमाथि जागिर भएकालाई २४ महिनाको कूल तलब दिने जनाएको छ । अधिकृत तहमा तीन वर्षमाथि जागिर खानेलाई २० महिनाको कूल तलब दिने घोषणा गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?