काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा प्रभु बैंकको नाफामा बढोत्तरी आएको छ। यसअवधिमा बैंकको खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ। बैंकको सञ्चालन नाफामा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ। यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यता, बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत कायम भएको छ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ।


































