National life

प्रभु बैंकको ब्याज आम्दानी ४ अर्ब ९८ करोड नाघ्यो, चुनौतीबीच व्यवसाय विस्तार कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ माघ २०८२, बुधबार
1.2kShares
प्रभु बैंकको ब्याज आम्दानी ४ अर्ब ९८ करोड नाघ्यो, चुनौतीबीच व्यवसाय विस्तार कायम
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफामा केही दबाब देखिए पनि बैंकले आम्दानी, निक्षेप संकलन तथा कर्जा प्रवाहतर्फ स्थिरता कायम राखेको छ।

साउनदेखि पुस मसान्तसम्मको अवधिमा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको बैंकको तुलनामा यो रकम कम भए पनि चालु वर्षको कठिन बैंकिङ अवस्थाबीच उल्लेख्य आम्दानी कायम राख्न सफल भएको बैंकको वित्तीय विवरणले देखाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालन स्तरमा पनि बैंकले सकारात्मक गतिविधि निरन्तरता दिएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा करिब १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यस सूचकमा कमी देखिए पनि बैंकले आफ्नो मुख्य व्यवसायबाट अझै पनि ठोस सञ्चालन नतिजा हासिल गरिरहेको संकेत गर्दछ।

ब्याज आम्दानीतर्फ भने बैंकले सुधार कायम राखेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको ब्याज आम्दानी करिब ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो। यसले बैंकको आम्दानी आधार क्रमशः बलियो बन्दै गएको देखाउँछ, यद्यपि उक्त वृद्धिले समग्र नाफामा तत्काल ठूलो योगदान गर्न सक्ने भने देखिदैन् ।

बैंकको वितरणयोग्य मुनाफा अझै ऋणात्मक अवस्थामा रहे पनि व्यवस्थापनले पूँजी सुदृढीकरण र वित्तीय संरचना सुधारमा जोड दिइरहेको देखिन्छ। समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ।

पुँजी संरचनातर्फ प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। रिजर्भ कोषमा क्रमिक वृद्धि देखिनु सकारात्मक पक्ष हो भने रिटेन्ड अर्निङ हाल ऋणात्मक अवस्थामा रहेको छ। यस अवधिमा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ।

कर्जा गुणस्तरका हिसाबले बैंकले सामना गरिरहेको चुनौतीप्रति व्यवस्थापन सचेत देखिन्छ। समीक्षा अवधिसम्म खराब कर्जा अनुपात ७.९४ प्रतिशत पुगेको छ, जसले कर्जा व्यवस्थापनमा थप सुधारको आवश्यकता देखाए पनि जोखिम पहिचान र पारदर्शितामा बैंक सक्रिय रहेको संकेत गर्छ।

प्रतिशेयर सूचकहरूतर्फ वार्षिकीकृत प्रतिशेयर आम्दानी ८ रुपैयाँभन्दा केही माथि कायम छ भने प्रतिशेयर नेटवर्थ करिब १४६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात २१ गुणाभन्दा माथि रहेको छ। समग्रमा, प्रभु बैंकको अर्धवार्षिक वित्तीय विवरणले आम्दानी, निक्षेप र कर्जा प्रवाहमा निरन्तरता देखाउँदै चुनौतीपूर्ण परिस्थितिमा पनि वित्तीय आधार जोगाउँदै अघि बढिरहेको तस्वीर प्रस्तुत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?