काठमाडौँ । बिर्तामोडमा रहेको प्रभु बैकको शाखामा कार्यरत प्रमोद सिटौलालाई ग्राहकको १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
झापा बिर्तामोडका मञ्जु नेपालले राखेको फिक्स डिपोजिट खाताबाट उक्त रकम सिटौलाले अपचलन गरेको आरोप लागेको हो । बैकमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत सिटौला अहिले दुई वटा मोबाइल नै अफ गरेर फरार रहेका छन् ।
बैकमा कार्यरत सिटौला फरार भएका कारण घटनाका विषयमा अनुसन्धान गर्न बैकले प्रदेश स्तरीय टोली गठन गरेको जानकारी दिएको छ ।
ढकालले भने सुन्दै लाजको विषय भएको छ हामीले दुई दिन अघि मात्रै थाहा पायौ थाहा पाएपछि के भएको हो भनी अध्ययन गरी रिपोट बुझाउन प्रदेश प्रमुखको संयोजकत्वमा टोली गठन गरिएको छ ुु
अध्ययन पश्चात दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन बैक प्रतिबद्ध रहेको ढकालको भनाई छ । बिर्तामोड निवासी नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपैयाँ जम्मा गरेको थिइन् ।
६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा खातामा २ लाख मात्र बाँकी मौज्दात देखिए पछि रकम अपचलन भएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन् ।
नेपालका श्रीमान् टिकाराम नेपालले शाखा मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी समेत दिएका छन् ।


































