काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा रहेको अवकाश पाउने तीनवटा अवस्थामध्ये एउटा ३० वर्षे सेवा अवधि कार्यान्वयन गर्न आज अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो । न्यायाधीश फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू समेत भनेको छ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/pdf24_images_merged.pdf"]
सर्वोच्चले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनेको छ। प्रहरी बरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ मगाउने आदेश समेत गरेको छ।


































