काठमाडौँ। प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबिच शुक्रवार
प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माबिच प्रहरी प्रधान कार्यालयमा एमपीएसका बारेमा सम्झौता भएको हो ।
प्रहरीको नीति तथा समन्वय समिति (पीसीसी) बाट गत जेठमा प्रस्ताव स्वीकृत भएपछि स्टाफ कलेजको कोर्सलाई अघि बढाइएको थियो । प्रहरी महानिरीक्षक (आइजीपी) को नेतृत्वमा रहेको पीसीसीले प्रस्ताव पारित गरेपछि यही आर्थिक वर्षबाट स्टाफ कलेज कोर्स लागु गर्ने गरी तयारी अघि बढाइएको हो। सोही अनुसार शुक्रवार त्रिविसँग सम्झौता भएपछि कोर्स अघि बढेको आइजी कुँवरको भनाइ छ ।
सम्झौता भएसँगै प्रहरी एकेडेमीले वार्षिक क्यालेन्डर बनाएर स्टाफ कलेज अघि बढाउने अन्तिम तयारीमा जुटेको छ । एमपीएसको कोर्सको रूपमा स्टाफ कलेज लागु गरिएको हो । यही असोजबाटै प्रवेश परीक्षा सुरु गर्ने तयारी रहेको रहेको एकेडेमीले जनाएको छ ।
सिनियर प्रहरी अधिकृतहरूको वृत्ति विकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस कार्यक्रम सुरु गरिएको आइजी कुँवरको भनाइ छ । स्टाफ कलेजकै लागि प्रहरी एकेडमीमा १२ असारमा कार्यालय समेत स्थापना गरिएको छ । ‘फ्याकल्टी अफिस अफ मास्टर्स इन पुलिस साइन्स’ नाम दिएर अफिस स्थापना गरिएको छ । यसको प्रमुख, फ्याकल्टी हेड तथा डाइरेक्टरको रूपमा डीआईजी रहेन व्यवस्था गरिएको छ ।


































