National life

प्राइम कमर्सियल बैंकको खुद नाफा ४ अर्ब २ करोड बढी, वितरणयोग्य नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
1.3kShares
प्राइम कमर्सियल बैंकको खुद नाफा ४ अर्ब २ करोड बढी, वितरणयोग्य नाफा कति ?
ncell

काठमाडौँ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले यस अवधिमा ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत बढेर ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ गरेको छ। अघिल्लो वर्ष बैंकले ७ अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ मात्रै थियो।

बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी १६.२५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३.४३ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ छ भने बैंकको सीडी रेसियो ८३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो ।

बैंकको प्रतिसेयर आम्दानी १८.०८ बाट बढेर २०.७४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३२ गुणा छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?