National life

प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने, कांग्रेस एमालेलाई पाँच घण्टा समय दिँदा साना दललाई पाँच मिनेट 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
608Shares
प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने, कांग्रेस एमालेलाई पाँच घण्टा समय दिँदा साना दललाई पाँच मिनेट 
ncell

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि झन्डै १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले समय सीमा निर्धारण गरेको हो । कार्यतालिका अनुसार आज चार घण्टा, भोलि पाँच घण्टा, आउँदो जेठ १ गते चार घण्टा र जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दलीय आधारमा समय सीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले पाँच पाँच घण्टा, नेकपा (माओवादी केन्द्र) ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी) ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच पाँच मिनेट समय पाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?