National life

फरार रहेका दुर्गा प्रसाईँको भिडियो सन्देश ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा छु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
513Shares
फरार रहेका दुर्गा प्रसाईँको भिडियो सन्देश ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा छु
ncell

काठमाडौँ ।काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका दुर्गा प्रसाईँ यति बेला प्रहरीको खोजीमा छन् ।

प्रसाईँले काठमाडौँमा चरम अराजकता प्रदर्शनसँगै पछिल्लो दुई दिनदेखि फरार छन् । उनलाई खोज्न प्रहरीको विशेष टीम नै परिचालन गरिएको छ । यही बिचमा प्रसाईँले आफू नभागेको सन्देश प्रवाह गरेका छन् ।

Royal Enfield
nic asia capital

प्रसाईले एक भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको भन्दै आफू देश छोडेर नभागेको जनाएका छन् ।

‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईँहरूभन्दा टाढा छैन। म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन। मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर जन्मेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’ उनले भनेका छन् ।

चैत १५ गतेको कार्यक्रम आफूहरूले शान्तिपूर्ण तरिकाले गर्न जाँदा आफूलाई मार्ने ठुलो योजना रहेको दाबी गरेका छन् । उनले भने, ‘लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश जाने पीडितलगायतको आवाजलाई उठाएर अघि बढाएपछि अब हामीले लडाइँ जित्छौँ, विद्रोह सफल हुन्छ भनेपछि विभिन्न भेसभुसामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाइयो ।’

उनले आफूहरू कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन्। आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्‍यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ ।

सरकारले तिनकुनेमा राजावादीलाई आन्दोलन गर्ने स्थान दिएको थियो। प्रसाईँले निषेधाज्ञा तोड्ने भन्दै आफ्नो गाडी प्रहरि तर्फ जबरजस्ती लगेका थिए । उनले गाडी भित्रैबाट भिडियो खिच्न लगाएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?