National life

फिलिपिन्स एयरलाइन्सको अनौठो घटना : उडिरहेको विमानका सबै ट्वाइलेट एकैपटक बिग्रिए

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1.5kShares
फिलिपिन्स एयरलाइन्सको अनौठो घटना : उडिरहेको विमानका सबै ट्वाइलेट एकैपटक बिग्रिए
ncell

काठमाडौँ। के तपाईँले कहिल्यै सोच्नभएको छ ? आकाशमा ठूलो संख्यामा यात्रुहरूलाई बोकेर उडिरहेको विमानका सबै शौचालयहरू एक्कासी बिग्रिए भने के होला ?

सायद यस्तो घटना यसअघि भएको थिएन होला । त्यसैले तपाईँले यस्तो कहिल्यै यस्तो कल्पना नै गर्नुभएको थिएन होला । तर हालै एउटा यात्रुवाहक विमानमा यस्तै घटना घटेको छ।

अमेरिकाको लस एन्जलसबाट फिलिपिन्सको मनिलाका लागि उडेको फिलिपिन्स एयरलाइन्सको बोइङ ७७७ विमानमा रहेका ११ वटा शौचालय एकसाथ बिग्रिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१५ घण्टाको उक्त उडानका क्रममा शौचालय बिग्रिएपछि विमान कर्मचारी अर्थात क्याबिन क्रूले आफ्ना हातले नै शौचालयको फोहोर सफा गर्नुपरेको थियो । डेली स्टारमा प्रकाशित समाचार अनुसार यो घटना जनवरीको अन्तिम साता भएको थियो ।

फिलिपिन्स एयरलाइन्सको उडान नम्बर पीआर ११३ अमेरिकाको क्यालिफोर्निस्थित लस एन्जल्सबाट फिलिपिन्सको मनिला जाँदै थियो । १५ घण्टाको उक्त उडानका क्रममा जहाजका सबै ११ वटा शौचालय एक्कासी त्यतिबेला बिग्रिए जब त्यो विमान नजिकको वैकल्पिक विमानस्थल गुआमबाट करिब छ घण्टाको दुरीमा थियो।

विमानका सबै ट्वाइलेट एकैपटक बिग्रिएपछि सुरुमा त आपतकालीन रूपमा विमान डाइभर्ट गर्ने विषयमा चालक दलबीच छलफल सुरु भयो। तर अन्ततः विमानका क्याप्टेनले डाइभर्ट नगर्ने निर्णय गरे। चालक दलका सदस्यहरूले खिचेको भिडियोमा जहाजका स्टाफले शौचालयको कमोडबाट फोहोर निकालेर नजिकैको सिङ्कमा बगाइरहेको देखिन्छ।

समाचार अनुसार एकजना सुपरभाइजरले उनीहरूलाई त्यसो गर्न बाध्य पारेका थिए। त्यो प्रक्रिया गोप्य रूपमा सम्पन्न गरिएको बताइएको छ र उडानपछि यात्रुहरूको तर्फबाट कुनै औपचारिक गुनासो दर्ता गरिएको थिएन। साथै उक्त विमान कुनै ढिलाइबिना नै मनिलाको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्‍यो।

उडानपछि चालक दलका सदस्यहरूले यस घटनाबारे फिलिपिन्स एयरलाइन्स युनियनलाई जानकारी गराए। युनियनले अवस्थाको व्यवस्थापन र विमानलाई डाइभर्ट नगर्ने निर्णयको आलोचना गरेको छ। युनियनले घटनापछि कुनै आन्तरिक छानबिन पनि नगरिएको आरोप लगाएको छ।

एयरलाइन्सले अहिलेसम्म यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन। - एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?